सेकेन्ड ह्यान्ड कार किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्, नत्र फस्नुहोला !



काठमाडौंं । लामो समयदेखि दुई पांग्रेमा सवारी प्रयोग गरिरहेका इच्छा हुन्छ ४ पांग्रेमा यात्रा गर्ने । ४ पांग्रे सवारीमा प्रयोग गर्ने इच्छा भएपनि आवश्यक मात्रामा रकम नभएपछि उनीहरुको रोजाइमा सेकेन्ड ह्यान्ड गाडी पर्छ ।

त्यसमा पनि राष्ट्र बैंकले सवारी लोनमा गरेको कडाइसँगै किस्ता बन्दीमा कार नयाँ कार किन्न चाहनेहरुको रोजाइमा समेत सेकेन्ड ह्यान्ड कार पर्न गएको छ ।

जसका कारण उपत्यकामा सेकेण्ड ह्याण्ड साना गाडीको बजारले राम्रो स्थान पाइरहेको छ । दैनिक आवतजावत, लामो तथा छोटो दूरीको यात्रा तय गर्न तथा इज्जत र प्रतिष्ठाका लागि कतिपय व्यक्ति गाडी खरिदमा आकर्षित भएका छन् ।

कारलाई केही समय अगाडिसम्म विलाशिताको साधन भनेर भनिएपनि अहिले यो अत्यावश्यक साधन बनिसकेको छ ।

दैनिक आवश्यकताको साधन बने पनि झट्ट नयाँ गाडी खरिद गर्न नसक्नेको रोजाई सेकेण्ड ह्याण्ड गाडीमा परेको छ । जसका कारण सेकेन्ड ह्यान्ड गाडीको व्यापार बढेको छ ।

सहुलियत दर, नयाँ मोडेल, फेरिफेरि प्रयोग गर्न पाइने र फाइनान्सको समेत सुविधा हुनाले गाडीका पारखीहरूले समेत सेकेण्ड ह्याण्ड गाडी प्रयोग गर्न थालेका छन् ।

तर, सेकेन्ड ह्यान्ड किन्नअघि यी कुरामा भने ध्यान दिनुजरुरी हुन्छ । कारको रङ सबैतिर एक समान छ कि छैन हेर्नुहोस्, यदि छैन भने त्यो कार दुर्घटनामा परेको हुन सक्छ । दुर्घटनामा परेको भए नकिन्नुस् ।

दुर्घटना परेको नपरेको थापा पाउन ट्रोफिक प्रहरीसँग सोधखोज गर्नुहोला । दुर्घछना परेको गाडी प्रयोग कर्ताले कर्वसपमा मर्मत गरेर केही रकम सस्तोमा छिटौ बिक्री गर्न खोजिरहेका हुन्छन् । ब्रेक, क्लच, गीयर, स्टेरीङ राम्रोसँग चेक गर्नुहोस् । खरिद गर्नु पहिले कार कति किलो मिटर कुदेको छ त्यसको निक्र्यौल गर्नुपर्नेहुन्छ ।

४० हजारदेखि ५० हजार किलोमिटर चलेपछि टायर बदल्नुपर्छ । बढीमा ४ वर्षभन्दा पूरानो गाडी नकिन्नुहोस् फेरि पछि बेच्न परेको अवस्थामा बेच्न पनि गाह्रो हुने र आफुले किनेको मूल्य भन्दा धेरै सस्तोमा बेच्न पर्नेहुन्सक्छ ।

कारको सजावट, सीट, कभर लगायतका पनि हेर्ने । सबै ढोका खोल्ने र बन्द गर्ने गर्दा खराबी भए–नभएको थाहा हुन्छ । एकपटक टेष्ट ड्राइभ गर्नै पर्छ । जसबाट इञ्जिनको आवाज कस्तो छ ध्यान दिनुपर्छ ।

गाडी सम्बन्धी ज्ञान छैन भने सम्बन्धित कम्पनीको वर्कसप वा कोही जान्नेलाई लिएर गई इञ्जिनबारे जानकारी लिनुपर्छ । अन्त्यमा सबैभन्दा महत्वपूर्ण गाडीको कागजपत्र, कर तिरे–नतिरेको विवरण पनि हेर्नुपर्छ ।


पुष्प दुलाल