यामाहाले ल्यायो नयाँ स्टाइलिस स्कुटर, के के छन् विशेषता ?



काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्टाइलिस स्कुटर फेसिनो नयाँ आकर्षक कलरमा सार्वजनिक गरेको छ । अब ‘सपुरमोडेल स्कुटर’ ‘ग्ल्यामरस गोल्ड’ कलरमा समेत उपलब्ध हुनेछ ।

राजधानीमा आयोजित एक समारोहमा मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडाले नयाँ कलरको फेसिनो सार्वजनिक गरिन् । ३ वर्षअघि नेपाली बजारमा आएदेखि नै फेसिनोले युवा राइडरहरुमाझ लोकप्रियता कायम गर्दै आएको छ ।

यो स्कुटर डिजाइनका हिसाबले सुन्दर मात्र छैन प्राविधिक रुपमा उच्चकोटीको समेत छ । फेसिनो ‘ग्ल्यामरस गोल्ड’सहित ‘डेपर ब्लु’ र ‘बिमिङ ब्लु’मा पनि उपलब्ध हुनेछ ।

नयाँ कलरका माडेलमा अघिल्ला मोडेलमा झैं एयर–कुल्ड, ४ स्ट्रोक, ११३ सीसी को ‘ब्लु कोर’ इन्जिन रहेको छ ।

यसको माइलेज ६६ किलोमिटर प्रति लिटर रहेको छ । नयाँ मोडेलको फ्रन्ट फेसियामा स्टाइलिस र डाइनामिक कर्भ र बडीमा स्टाइलिस ग्राफिक्स प्रयोग गरिएको छ । साथै, सिट कभर डुअल टोन कलरको छ जसले आराम र गुणस्तरलाई झल्काउँछ ।

यसमा प्रयोग गरिएको ब्लुकोर इन्जिनले गर्दा इन्धन खपत समान रहन्छ र यसको सीधा प्रभाव माइलेजमा पर्छ । एक सय तीन किलोग्राम वजन भएको स्कुटर चलाउनलाई आरामदायी समेत छ । भर्खरै मिडियारिच गरेको एक अध्ययनमा स्टाइल र कम्फर्टका लागि यामाहाका स्कुटरलाई सबैभन्दा बढी रुचाइने गरेको देखिएको थियो ।

सोही अवसरमा मिस नेपाल २०१८ तथा यामाहा फेस अफ फेसिनो उपाधि विजेता श्रृंखला खतिवडालाई एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले फेसिनो हस्तान्तरण गरे ।

खतिवडाले द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल ब्युटी पेजेन्टमा बाँकी २४ जना प्रतिस्पर्धीलाई उछिनेर दुवै उपाधि जितेकी थिइन् । उनी अब एक वर्षका लागि यामाहा फेसिनोको विज्ञापन अभियानमा सहभागी हुनेछिन् ।

गत महिना एमएडब्लुले यामाहाका हरेक स्कुटरको खरिदमा अभुतपूर्व ‘रिसेल प्रोमिस’ घोषणा गरेको थियो । यो योजनाअनुसार यामाहा स्कुटर खरिद गर्ने ग्राहकले एक वर्षभित्रमा यामाहा मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहेमा पुरानो स्कुटरको मूल्यांकन खरिद मूल्यको ७५ प्रतिशत पक्का पाउनेछन् ।

यसका साथै, स्कुटर किनेको १२ महिनादेखि १८ महिनाको अवधिमा एक्सचेन्ज गर्न चाहने ग्राहकले पुरानो स्कुटरको मूल्यांकन पहिलेको खरिद मूल्यको ७० प्रतिशत पाउनेछ ।

त्यसैगरी, १८औं महिनादेखि २४ औं महिनामा यामाहाका दुईपांग्रेसँग एक्सचेन्ज गर्न चाहने स्कुटरधनीले ६५ प्रतिशत मूल्यांकन पाउनेछन् । यामाहाको ‘रिसेल प्रोमिस’ चैत १ गतेदेखि स्कुटर खरिद गर्ने सबै ग्राहकले पाउनेछन् भने यो योजना तीन वर्षका लागि लागू हुनेछ ।


पुष्प दुलाल