दुई जलविद्युत् कम्पनीका ५ करोड ७१ लाखको आइपिओ आउँदै



काठमाडौं । धितोपत्र बजारमा उतार चढाव आइरहेको बेला दुई जलविद्युत् कम्पनीले साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएका छन् ।
नेपाल धितोपत्र बोर्डले ती दुई जलविद्युत् कम्पनीलाई आइपिओ बिक्री गर्ने स्वीकृति प्रदान गरेको छ ।

बोर्डले दिएको जानकारीअनुसार जोशी हाइड्रो पावर र शुभम् पावरलाई ५ करोड ७१ लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्ने अनुमति दिएको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरका ३ लाख ४० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिइएको छ ।

यस्तै शुभम् पावर कम्पनी लिमिटेडलाई २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता निष्कासनका लागि अनुमति दिएको हो ।

जोशीको सिद्धार्थ क्यापिटल लिमिटेड र शुभम्को सीबीआईएल क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेका छन् ।


पुष्प दुलाल