सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेषद्वारा युवा संघका नेता परशुराम बस्नेतलाई सफाइ



काठमाडौं । विशेष अदालतले नेकपा एमाले निकट युवासंघका नेता परशुराम बस्नेतलाई सफाइ दिएको छ । आज अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय रत्नबहादुर वागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।

बस्नेतमाथि लगाइएको सम्पत्ति शुद्धीकरणअन्तर्गत कसुर गरेर आर्जन गरेको सम्पत्ति शुद्धीकरण विभागको मुद्दामा मागदाबी गरेअनुसारको कसुर गरेको भन्ने कुरा स्थापित हुन नसकेकाले सफाइ दिएको हो ।

बस्नेतसहित उनकी श्रीमती अञ्जुसिंह बस्नेतलाई सफाइ दिएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरणअन्तर्गत ११ करोड ६१ लाख ४१ हजार ९७७ आर्जन गरेको भन्दै बिगोसहित अदालतमा मुद्दा दायर गरेको थियो । रासस


क्लिकमान्डु