चैत २७ गतेदेखि खानेपानी, वातावरण र जलवायु परिवर्तनको विषयमा अन्तराष्ट्रिय सम्मेलन आयोजना हुने



काठमाडौं । खानेपानी, वातावरण र जलवायु परिवर्तनको विषयमा अन्तराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । चैत २७ गतेदेखि २९ गतेसम्म काठमाडौंको याक एण्ड यति होटलमा खानेपानी, वातावरण र जलवायु परिवर्तनको विषयमा अन्तराष्ट्रिय सम्मेलन आयोजना हुन लागेको हो ।

बढ्दो जनसंख्या वृद्धि, वन विनास र औद्योगिकरणको प्रभावले वायुमण्डलमा बढेको तापक्रमले जलवायुमा परिवर्तन ल्याएको विषयमा राष्ट्रिय र अन्तराष्ट्रिय अनुभव बाढ्नका लागि सम्मेलन आयोजना गर्न लागिएको सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन)का अध्यक्ष रामदीप साहले बताए ।

‘वायुमण्लभित्रको तापक्रम वृद्धिको असरबाट बढी प्रभावित हुने मुलुकमा नेपाल पनि पर्छ । हिमाली क्षेत्रमा हिउँ पग्लिने दर बढेको छ । हिमालहरु कालो देखिन थालेका छन, समयमै यसको रोकथामका लागि पहलकदमी भूमिका खेल्न आवश्यक छ,’ साहले भने ।

तीन दिवसीय सम्मेलनमा खानेपानी, वातावरण, जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रि, विज्ञ, अनुसन्धानकर्त, प्राज्ञ, व्यवसायी र सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुगरी २० राष्ट्रका करिब ५ सय जना विज्ञहरुको सहभागित रहने आयोजकले जानकारी दिएका छन् ।

सम्मेलनमा खानेपानी, वातावरण, जलवायु परिवर्तनको विषयमा १७ वटा की नोट पेपर प्रस्तुत हुनेछन् । ३ जना नेपाली र १४ जना विदेशी विज्ञले सम्मेलनमा कि नोट पेपर प्रस्तुत गर्नेछन् ।

दक्षिण कोरियाका पूर्वाप्रधानमन्त्री, एशियाली विकास बैंकका उपाध्यक्ष, अर्थमन्त्री डा. युवराज खतिवडा लगायतले सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

सम्मेलनमा खानेपानी सम्बन्धी नीति, नियम र कानून, खानेपानी सरसफाई र स्वास्थ्यढ क्षेत्रमा स्थानीय सरकारको भूमिका विषयमा कार्यपत्रहरु प्रस्तु गरिने छ । साथै, सम्मेलनमा नेपालका २८ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुखहरुको पनि सहभागिता रहने आयोजकले बताएका छन् ।

यस सम्मेलनमार्फत हासिल सिकाइहरुको समुचित उपयोगगरी राज्यद्धारा भावी दिनमा अबलम्बन गरिने नीति, योजना, कार्यविधि, लगानी, प्रविधि र क्रियाकलापलाई खि खानेपानी, वातावरण र जलवायु परिवर्तनमैत्री बनाउन सकिने आयोजकको दाबी छ ।

साथै, समग्रमा जलवायु परिवर्तनका नकारात्मक असरहरुलाई न्यूनीकरणगरी जल र वातावरणीय सन्तुलन कायम गर्दै राष्ट्रिय एवम् अन्तराष्ट्रिय तहको सुदुढ लगानी र साझेदारी मार्फत दिगोविकास लक्ष्य हासिल गर्ने कार्यमा सम्मेलन मार्गदर्शन बन्ने सरोकारवालहरुको भनाई छ ।

सोफेनको अग्रसरतामा नेपाल इन्जिनियस एशोसिएसन र खानेपानी तथा ढल निकास विभागको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो ।


क्लिकमान्डु