ह्वावेको वाई ९ र वाई ७ प्रो नेपाली बजारमा



काठमाडौं । ह्वावेले वाई ९ र वाई ७ प्रो स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । ह्वावेले ४ क्यामरा सहितको वाई ९ र फेस सेन्सरसहितको वाई ७ प्रो नेपाली बजारमा भित्राएको हो ।

ह्वावेका कन्ट्री निर्देशक जोयस् झुकाका अनुसार नोभा २ आईको सफलता पश्चात वाई सिरिजका २ फोन नेपाली बजारमा भित्राएको बताए ।

वाई ९ २०१८ को मूल्य २५ हजार ९ सय रुपैयाँ छ । वाई ९ कालो, सुनौलो र निलो रंगमा उपलब्ध छ । १७० ग्राम तौल भएको स्र्माटफोनमा ५.९३ इन्चको एफएचडी प्लस डिस्प्ले छ ।

फोनको मेन क्यामरा १३ एमपी र २ एमपीकोे छ भने फ्रन्ट क्यामरा १६ एमपी र २ एमपीको छ । ३ जीबी र्याममा उपलब्ध फोनमा ३२ जीबीको रोम र २५६ जीबीसम्मको मेमोरी कार्ड सर्पोट गर्ने कम्पनीले जानकारी दिएको छ । फोनमा ४ हजार एमएच ब्याट्री छ ।

यस्तै वाई ७ प्रो २०१८को मूल्य २० हजार ९ सय रुपैयाँ छ । कालो, सुनौलो र निलो रंगमा उपलब्ध छ । १५५ ग्राम तौल भएको मोबाईलमा ५.९९ इन्चको एजडीको डिस्प्ले छ ।

ओक्टाकर प्रोसेजरमा उपलब्ध फोनको मेन क्यामरा १३ एमपी र २ एमपीको तथा फ्रन्ट क्यामरा ८ एमपीकोे छ ।

३ जीबी र्याम र ३२ जीबी रोममा उपलब्ध फोनमा ३ हजार एमएचको ब्याट्रीे छ । डबल सिमकार्ड सहितको फोनमा २५६ जीबीको मेमोरी कार्ड सर्पोट गर्ने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु