बुटवल पावरमा एफपिओ भर्नेलाई बल्ल राहत



काठमाडौं । बुटवल पावर कम्पनीले प्रतिकित्ता ५०१ को दरले थप सार्वजनिक निष्कासन(एफपिओ) गर्यो ।

एफपिओमा लगानीकर्ताले खासै आवेदन दिएनन् । एफपिओ निष्कासन भएको समयदेखि नै बुटवल पावरको सेयर भने दोस्रो बजारमा घट्न थाल्यो ।

सेयर बजार निरन्तर रुपमा घटिरहेको अवस्थामा बुटवल पावरको एफपिओमा पैसा लगाउनेलाई चिन्ता त्यो बेला थपियो यसको सेयर ५०१ रुपैयाँभन्दा तल झर्यो ।

बुटवल पावरको सेयर प्रतिकित्ता ४३६ सम्म झर्यो ।

एफपिओ जारी भएसँगै निरन्तर घटेको बुटवल पावरको सेयर मुल्य आजको कारोबारबाट प्रतिकित्ता ५०० सयमा पुगेको छ ।

पछिल्ला दिनमा केही बढेको सेयर बजार आइतबार भने बढेर उछालनै आएको छ । नेप्से परिसूचक ४४.२६ अंकले बढ्दा सेय कारोबार समेत करिब १ अर्ब रुपैयाँको भएको छ ।

बढ्दो बजारमा लगभग एफपिओको मुल्यमा बुटवल पावरको सेयर मुल्य पुगेपछि लगानीकर्ताले बल्ल राहतको सास लिएका छन् ।


क्लिकमान्डु