ओम बैंकको शाखा चनौली र हेटौंडामा




काठमाडौं । ओम डेभलपमेन्ट बैंकले चितवनको चनौली र मकवानपुरको हेटौंडामा शाखा कार्यलय संचालनमा ल्याएको छ । चनौली शाखा उद्घाटन उद्योग बाणिज्य संघ, चितवनका अध्यक्ष सहनलाल प्रधानले गरेका छन् । उनले उद्घाटन समारोहमा भिमनगर माध्यमिक विद्यालयका बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा समेत गरेका छन् ।

हेटौंडा शाखा उद् हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गरेका हुन् । उनले उद्घाटन समारोहमा मकवानपूर बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धिको समेत घोषणा गर्दै शाखा तथा एटिएमको उद्घाटन गरेका हुन् ।

बैंकले फागुन मसान्तसम्म १८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले ५२ वटा शाखा कार्यलय र ११ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु