अर्थमन्त्री डा. खतिवडाले ‘सतही’ भनेपछि झन् घट्यो सेयर बजार



काठमाडौं । नयाँ सरकार गठन भएपछि लगातारजसो घटिरहेको सेयर बजार सूचक नेप्से आइतबार पनि घटेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रमार्फत केही सम्बोधन गर्ने आशामा रहेका लगानीकर्ताहरु निरास हुँदा बजार घटेको विश्लेषण गरिएको छ ।

शुक्रबार श्वेतपत्र सार्वजानिक गर्दै अर्थमन्त्री डा. खतिवडाले सेयर बजार सतही र भरोस गर्न लायक भइनसकेको टिप्पणी गरेका थिए ।

श्वेतपत्रपछि पहिलोपटक आइतबार ११ बजेदेखि कारोबार भएको सेयर बजार खुलो एक घन्टामै करिब ४० अंघले घटेको घट्यो । घट्ने क्रममा दिउँसो १ बजे भने केही सुधार आएको छ । १ बजेसम्ममा नेप्से सूचक २९ अंकले मात्रै घटेको थियो ।

तर, दिउँसो ३ बजे बजार बन्द हुँदा नेप्से २४ अंकले घटेको छ । सबै उपसूचकहरु राताम्यै भएका छन् । आइतबार नेप्सेमा १५७ कम्पनीका १२ लाख ८३ हजार कित्ता सेयर ३१ करोड २३ लाख रुपैयाँमा किनबेच भएका छन् ।


पुष्प दुलाल