अब ब्यालेन्स सकिए पनि नेपाल टेलिकमको प्रिपेड फोन नकाटिने



काठमाडौं । नेपाल टेलिकमले भोलि (शुक्रबार) देखि प्रिपेड मोवाइलमा ऋण उपलब्ध गराउने ‘नमस्ते क्रेडिट’ नामक सेवा सञ्चालन गर्ने भएको छ । यो सेवा सुरु भएसँगै प्रिपेड फोनका ग्राहक फोन गर्दागर्दै पैसा सकिने समस्याबाट मुक्त हुनेछन् ।

प्रिपेड फोनका ग्राहकले पैसा सकिएपछि फोन काटिने समस्या भोगिरहेका थिए । अब पैसा सकिएपछि पनि लगातार कुरा गर्नका लागि टेलिकमले ऋण दिने भएको हो । उक्त ऋणमा कुनै ब्याज नलाग्ने टेलिकमले जनाएकोछ ।

टेलिकमले १४ बर्ष पुरा गरी १५ बर्ष पुरा गरेको अबसर पारेर कम्पनीले यो योजनाको सफ्ट लन्च सुरु गरेको थियो ।

शुक्रबारदेखि भने नमस्ते क्रेडिट नामक ऋण दिने योजनाको व्यावसायिक सञ्चालन शुरु गर्ने भएको हो ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।

टेलिफोन सेवा प्रदायक कम्पनी एनसलले २/३ वर्षअघि नै यस्तो सेवा सञ्चालन गर्दै आएको छ ।


पुष्प दुलाल