सेयर बजार बढाउन दर्जन माग राख्दै इन्भेष्टर फोरमको घोषणा- पूरा नभए आन्दोलन गर्छौ



काठमाडौं । सेयर लगानी गर्नेहरुको संगठन नेपाल इन्भेष्टर्स फोरमले सेयर बजार बढाउन दर्जन बढी माग राखेको छ ।

जिम्मेवार निकायमा बसेकाहरुको गलत बुझाइका कारण १५ लाख लगानीकर्ताहरु आतंकित भएको निष्कर्श निकाल्दै फोरमले माग पूरा नभए आन्दोलन गर्ने घोषणा समेत गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गरेर इन्भेष्टर्स फोरमले जिम्मेवार निकायमा बसेकाहरुलाई यस्तै गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति नदिन आग्रह गर्दै यस्तो अभिव्यक्ति दोहोरिए आफूहरु आन्दोलनमा उत्रिन बाध्य हुने जानकारी गरायो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार बारे नकरात्मक टिक्काटिप्पणी गर्दै आएका छन् । अर्थमन्त्रीकै यस्तो टिप्पणीका कारण बजार प्रभावित भएको लगानीकर्ताको ठहर छ ।

नयाँ सरकार बनेपछि लगातारजसो घट्दै आएको सेयर बजार सूचक सोमबार एकैदिन ५२ अंकले घटेको छ । एकैदिन यति ठूलो अंकले नेप्से घटेपछि इन्भेष्टर फोरमले पत्रकार सम्मेलनको आयोजना गरी सेयर बजार माथि उकास्न सरकारसँग दर्जन बढी व्यवस्था गर्न माग गरेको हो ।

फोरमले सेयर बजारमा गैरआवासिय नेपाली लगानीकर्ताहरु भित्र्याउन, संस्थागत लगानीकर्ताहरु भित्र्याउन माग गरेको छ ।

त्यसैगरी, अहिले ५० प्रतिशत मात्रै रहेको सेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत पुर्याउनुपर्ने फोरमको माग छ ।

त्यस्तै, सेयर कर्जामा लगाइएको पुँजीगत जोखिमको भार १०० प्रतिशतमा झार्नुपर्ने, ब्रोकरमार्फत सेयर धितो कर्जा पाउने व्यवस्था तत्काल गर्नुपर्ने माग गरेको छ ।

लामो समयको राजनीतिक संक्रमणकाल टुंगिएर नयाँ सरकार बनेपछि आर्थिक विकास र सम्मृद्धि हुन्छ भन्ने अपेक्षा गरिएको भएपनि सरकारका जिम्मेवार निकायमा बसेका व्यक्तिहरुको गलत बुझाइका कारण सेयर बजार प्रभावित भएको फोरमको ठहर छ ।

यस्ता छन्  फोरमले सेयर बजार बढाउन १९ वटा मागहरु 

१. सम्झौता गरिएको अवधी भित्रै पूर्ण अनलाइन कारोबार प्रणाली लागु गर्ने ।
२. ब्रोकरको संख्या तथा क्षेत्रधिकार विस्तार गरी वाणिज्य बैंकहरुलाई समेत ब्रोकर लाईसेन्स दिई कारोबार गर्ने सूविधाविस्तार गर्ने ।
३. गैरआवशीय नेपालीहरुलाई पूँजीबजारमा प्रवेश गराउनका लागि आवश्यक कानूनहरुको निर्माण गर्ने ।
४. धितोपत्र बोर्ड, नेप्से,सिडिएससि लगायतका निकायको क्षमता अभिवृद्धि गरी पूर्वाधार तथाप्रविधि मैत्रीबनाउने ।
५.नेप्सेको संरचनागत सूधार र नयाँ स्टक एक्सचेन्ज स्थापनाको लागितत्कालकार्य अगाडी बढाउने ।
६.ब्रोकर सेवाशुल्क तथा ब्रोकरको प्रवेश र वर्हिगमनलाई अन्तराष्ट्रिय स्तरमा प्रचलित मान्यता अनूरुप बनाउने ।
७. शेयर कर्जामालगाईएको पूँजीगतजोखीमको भार १०० प्रतिशतमाझार्ने ।
८.शेयर धितोकर्जामाकर्जाको सिमाबजार मूल्यको ७० प्रतिशत पु¥याउने ।
९.ब्रोकर मार्फत शेयरधितो कर्जा उपलब्ध गराउने कार्यलाई तत्कालकार्यान्वयनमाल्याउने ।
१०.सेटलमेन्ट ग्यारेन्टी फन्डसँग सम्बन्धित ऐन नियमतत्कालनिर्माण गरि कार्यान्वयनगर्ने ।
११.मार्केट मेकर र धितोपत्रब्यापारीलाई छिटोभन्दा छिटो हालको बजारमाप्रवेश गर्ने वातावरण बनाउने ।
१२.सर्ट सेलिङ्ग, अन्तर दिनकारोबारको व्यवस्था गरी चाँडो भन्दा चाँडो लागू गर्ने व्यवस्थामिलाउने ।
१३.हालकायमरहेको ३ दिनको राफसाफलाई १ दिनवाकारोबार सकिएको २४ घण्टाभित्र हुने व्यवस्थामिलाउने ।
१४.सूचीकृत कम्पनीहरुले प्रदानगर्ने बोनस शेयर बार्षिक साधारण सभा सम्पन्नभएको ७दिन र हकप्रद शेयर बाँडफाँडको भएको ७दिनभित्र सूचिकृत गर्ने ब्यवस्था गर्ने ।
१५.हकप्रद र बोनस शेयरहरु प्रदानगर्ने कम्पनीहरुको धितोमा ऋण लिएका ऋणीहरुको हकमा सो शेयर सुचिकरण नगरिने समयसम्मको लागिबुकक्लोज हुने दिनको मुल्यलाई नै आधार मुल्यमान्ने ब्यबस्थागर्ने ।
१६.डेबेञ्चर तथाबोण्ड मार्केटलाई ब्यबस्थीततथा तरल बनाउने ।
१७. फाईनान्सीयल डेरिभेटिभको कारोबार संचालनमाल्याउने ।
१८.नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्रबोर्डले लगानीकर्ताबाट प्राप्तकमिशनको १५ प्रतिशत रकमलगानीकर्ता सचेतनाकार्यक्रममाखर्च गर्नु पर्ने ।
१९. वास्तविक क्षेत्रकाकम्पनीहरुको नियमनको लागि छुट्टै नियमनकारी निकायको ब्यबस्था गर्ने ।


पुष्प दुलाल