एनसीसी बैंक घोटला प्रकरणः ८/१० जना समात्यौं, केही भागेः सीआइबी प्रमुख



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक घोटला प्रकरणमा संलग्न करिब १० जनालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी)ले पक्राउ गरेको छ ।

शुक्रबार बिहान सीआइबीले घोटलामा संलग्न ती कर्मचारीलाई पक्राउ गरेको सीआइबी प्रमुख पुष्कर कार्कीले जानकारी दिए ।

‘घोटलामा संलग्न ८/१० जनालाई पक्राउ गरेका छौं, केही भागे, उनीहरुको खोजी कार्यलाई तीब्र बनाएका छौं,’ कार्कीले क्लिकमाण्डूसँग भने ।

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारीले कर्जा दुरुपयोग गरेको भन्दै एनसीसी बैंकले नेपाल राष्ट्र बैंकमार्फत् सीआइबीमा उजुरी गरेको थियो ।

राष्ट्र बैंकको स्थलगत अध्ययनबाट पनि सो बैंकको कर्जा दुरुपयोग भएको पाइएको थियो । एनसीसी उजुरीका आधारमा राष्ट्र बैंकले सीआइबीलाई पत्राचार गरी कर्जा दुरुपयोगमा संंलग्नलाई बैंकिङ कसूरमा मुद्दा चलाउन भनेको थियो ।

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकबाट १ अर्ब ५९ करोड रुपैयाँ कर्जा दुरुपयोग भएको प्रारमिभ्क अनुसनधानबाट खुलेको छ ।

सीआइबीले पक्राउ गरेका व्यक्ति र उनीहरुको पद भने खुलाएको छैन ।

एनसीसीले एपेक्सििहत ४ वटा विकास बैंकलाई गाभेर एकीकृत कारोबार गरेको भएपनि अदालतले एपेक्सको कारोबार विवरण छुट्टै राख्न बैंकलाई आदेश दिएको थियो ।


पुष्प दुलाल