सामसंग ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस नेपालमा सार्वजनिक



काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस सार्वजनिक गरेको छ ।

एस नाइन तथा एस नाइन प्लसमा इमेज, भिडियो तथा इमोजीहरु शेयर गर्न सामसङले विशेष प्रविधिको प्रयोग गरेको छ । यसमा संशोधित गरिएको ड्यूल अपार्चर लेन्स, लो लाइट क्यामरा, सुपर स्लोमो भिडियो खिच्न सकिने सुविधा तथा पर्सनलाईज्ड ए आर इमोजीस तथा डल्बी एटमोसको साथ एकेजीद्वारा सुसज्जित गरिएको स्टेरियो स्पिकर रहेको छ । यसबाट डल्बी वातावरणको जीवन्त अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ ।

सार्वजनिक कार्यक्रममा सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले एस नाइन तथा एस नाइन प्लसमा जुनसुकै वेला ग्राहकले उच्चस्तरीय फोटो तथा भिडियो खिच्न सक्ने बताए ।

ग्राहकले ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस फोन ५ हजार रुपैयाँको तुरुन्त क्याश व्याक सहित क्रमशः ९२ हजार ९सय रुपैयाँ तथा १ लाख ४ हजार ९ सय रुपैयाँ तोकिएको छ । क्यास व्याकपछि एस नाइनको मूल्य ८७ हजार ९ सय रुपैयाँ तथा एस नाइन प्लस ९९ हजार ९ सय रुपैयाँ हुन आउने कम्पनीले जानकारी दिएको छ । यी दुबै सेटको प्रि–बुकिङ्ग यही मार्च महिनाको १२ तारिखदेखि गर्न सकिने छ ।

 

नेपाली बजारमा एस नाइन प्लस मिडनाइट व्ल्याक, कोरल ब्लु तथा न्यू ह्यु, लाइलक् पर्पल कलर अप्सनमा उपलब्ध हुने छ भने एस नाइन मिडनाइट व्ल्याकमा मात्र उपलब्ध हुने जानकारी दिईयो ।

ग्राहकले प्रति हप्ता १००० एमबीका साथ १२ हप्तासम्म कूल १२००० एमबीको डाटा एनसेलको तर्फबाट निःशुल्क प्राप्त गर्न सक्नुहुनेछ भने शिखर इन्सुरेन्सको मार्फत् एक वर्ष भित्र सेट टुटफुट भएको अवस्थामा बीमा दावी गर्न सकिने व्यवस्था पनि मिलाएको छ ।

यसका अतिरिक्त प्रि बुकिङ्ग गर्नुहुने ग्राहकहरुले वायरलेस चार्जर वा ५ हजार रुपैयाँ बराबरको डिस्काउन्ट कुपन प्राप्त गरी सोही रकम बराबरको सामसङ मोबाइलका एक्सोसरिज वा सामसङको स्मार्टफोन खरिदमा डिस्काउन्ट लिन सक्नुहुने छ । साथै टर्किस एयर, के.जि.एच होटल तथा रुट्स फेसनसँग सहकार्य गरी विशेष छुटको व्यवस्था पनि मिलाएको छ ।

सामसङले प्रि–बुकिङ्गमा सहभागी भएका व्यक्तिहरुलाई लक्की ड्रमा पनि समावेश गर्ने छ र प्रथम हुने भाग्यशाली विजेतालाई टर्किस एयरको सेवा भएको देशमा आउने जाने टिकट निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ । दोस्रो भाग्यशाली बिजेताका दम्पतिलाई हिमालयन फ्रन्ट रिसोर्ट वा वाटर फ्रन्ट रिसोर्टमा २ रात वस्ने व्यवस्था मिलाएको छ भने २ जना तेस्रो भाग्यशाली बिजेताहरुलाई सामसङको फिट २ प्रो दिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु