प्रभु बैंकको हकप्रद सेयर भर्नुभयो ? आज अन्तिम दिन



काठमाडौं । तपाईंसँग प्रभु बैंकको सेयर छ । र, बैंकले दिएको हकप्रद सेयर भर्न चाहनु हुन्छ भने आज अन्तिम दिन हो ।

बैंकले १० बराबर ४ को अनुपातमा हकप्रद सेयर बिक्री खुल्ला गरेको छ । यसको अर्थ के हो भने तपाईंसँग प्रभु बैंकको १० कित्ता सेयर छ भने ४ कित्ता हकप्रद भर्न पाउनु हुनेछ ।

गत माघ ७ गते देखि बिक्री खुल्ला गरिएको हकप्रदको लागि शेयरधनीहरुले फागुन २३ (आज) बैकिङ समयभित्र आवेदन दिनको लागि बैंकले सूचना प्रकाशन गरेको छ ।

बैंकले १ सय रुपैयाँ अंकित दरको २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता शेयर निष्काशनको लागि आवेदन खुल्ला गरेको थियो । गत पुस ९ गतेसम्म कायम शेयरधनीहरुले हकप्रदको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।


पुष्प दुलाल