सेयर बजार घटेको विषयमा धितोपत्र बोर्डको ‘नो कमेन्ट’



काठमाडौैं । नेप्से परिसूचक एकैदिन ४१.५६ अंक घटेकोमा सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले प्रतिक्रिया दिन अस्विकार गरेको छ ।

विगतमा सेयर बजारमा ठूलो अंक बढ्दा घट्दा बोर्डले विज्ञप्ती जारी गरेर लगानीकर्तालाई सचेत बनाउने विज्ञप्ती जारी गर्ने गरेको थियो ।
यो पटक भने धितोपत्र बोर्डका कुनैपनि अधिकारीेले औपचारिक रुपमा प्रतिक्रिया दिन अस्विकार गरे ।

यो पटक सेयर बजार अर्थमन्त्री डा युवराज खतिवडाको अभिव्यक्तिसँगै घटेको बुझाई सेयर लगानीकर्ताको छ ।

धितोपत्र बोर्ड नियमनकारी निकाय भएपनि धेरै काम गर्न अर्थमन्त्रालयको अनुमति लिनुपर्छ ।


पुष्प दुलाल