अनुरुप विष्ट, जो गाउँ घुमेरै मासिक ५ लाखको रिचार्ज कार्ड बेच्छन्



कालीकोट । बिहान उठ्ने बित्तिकै नरहरिनाथ गाउँपालिकाका अनरुप विष्ट गाउँ गाउँका खुद्रा पसल चहार्नु हुन्छ । उनले सदरमुकामबाट रिचार्ज कार्ड ल्याएर गाउँ गाउँमा बिक्री गर्छ ।

विष्टले गाउँ गाउँमा पुगेर मासिक ३ लाख रुपैयाँदेखि ४ लाख रुपैयाँसम्मको रिजार्च कार्ड बिक्री गर्छन् । उनले रिचार्ज कार्ड बिक्री गरेर मासिकरुपमा २ हजारदेखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्छन् ।

‘निश्चित व्यापारीलाई ग्राहक बनाएको छु,’ विष्टले भने ।

यसबाट आफूलाई घरखर्च र बालबच्चाको पठनपाठनका लागि सहज भएको उनको भनाइ छ । जिल्लाका दुर्गम ग्रामीण क्षेत्रमा रु १०० को रिचार्जको कमिसन रु १० देखि २० सम्म लिने गरिएको छ ।

“महिनामा ५ लाखसम्मको रिचार्ज कार्ड बिक्री हुन्छ,’ उनले भने ।

गाउँका अधिकांश खुद्रा पसलबाट रिचार्ज कार्ड बिक्री हुन्छ । रिजार्च कार्ड ल्याउन सदरमुकाम आउजाउ गर्दा अत्यधिक खर्च हुन्छ ।

यस्तै, नरहरिनाथ–३ का व्यापारी भावना बुढा गाउँमै नियमित रुपमा रिजार्ड कार्ड प्राप्त हुँदा सहज भएको बताउँछन् ।

जिल्लाको अति विकट मानिएको पलांता गाउँपालिकामा रु १०० को रिजार्च कार्डमा रु २० सम्म थप रकम लिने गरेको पाइएको छ ।

अहिले अधिकांश नागरिक फेसबुक र अन्य सामाजिक सञ्जालमा जोडिएका कारण रिचार्ज कार्डको माग बढ्दो छ ।


क्लिकमान्डु