सनी लियोनीको बिकीनी लगाएको तस्विरले यसरी जोगायो किसानको अन्नबाली



काठमाडौं । किसानले आफ्नो अन्नबाली जोगाउन विभिन्न उपायहरु अपनाउने गर्दछन् । अरु प्रतिस्पर्धि किसानहरु र मानिसहरुले आँखा नलगाउन भनेर हाम्रो गाउँघरमा पनि खेत बारीको बिचभागमा बुँख्याचा बनाएर राख्ने चलन रहि आएको छ । तर छिमेकी मुलुक भारतका किसानले भने आफ्नो अन्नबालीलाई कुदृष्टिबाट बचाउन नयाँ र अचम्मको उपाय अपनाएका छन् ।

खेतबारीमा भएको अनाज जोगाउन भारतमा एक कृषकले भारतीय अभिनेत्री सनी लियोनीको बिकीनी लगाएको तस्विर राखेका छन् । यो अचम्मको समाचार भारतको आन्ध्र प्रदेशको नेल्लोर जिल्लाको बांदाकिंदिपल्ली गाउँबाट आएको हो ।

ए.चेन्चू रेड्डी नाम गरेका किसानले सो तस्विर राखेर आफ्नो अनाज बर्बाद हुनबाट बचाएका हुन् ।

अझ रमाईलो उनले एउटा मात्र नभई सनी लिओनीको बिकीनी लगाएको २ वटा ठूला फोटो प्रयोग गरेका छन् । सो फोटोमा तेलुगू भाषामा ‘मदेखि नरिसाउनु’ भनेर लेखिएको छ ।

किसान रेड्डीकाअनुसार कयौं वर्षदेखि उनको अन्नबाली नोक्सान हुँदै आएको थियो । उनले सो बाली बचाउन कयौं प्रकारका जादूटूना समेत गरे तर केहि फाईदा भएन । उनले त्यसबाट फाइदा प्राप्त गर्न सफल भएनन् ।

मानिसहरुले अन्नमा आँखा नलगाउन भनेर उनले सनीको तस्विर राखेका हुन् । मानिसहरुले सनी लियोनीलाई मनपराउने र त्यसले गर्दा उनको अन्नबालीमा आँखा लगाउनुको साटो सनीलाई हेर्ने हुँदा आफ्नो अनाज बचाउन सकिने उनको तर्क छ ।

यसरी लियोन तस्विर राखेपछि मानिसको आँखा अन्नबालीमा नगएकाले आजभोली फसल सप्रिएको तर्क गर्छन् ।

किसान रेड्डीले आफ्नो खेतमा अधिकतम तरकारी उब्जाउने गर्दछन् ।

रेड्डीले उनको आफ्नो साथीको भनाईअनुसार नै सनी लियोनीको सो फोटो लगाएको बताए । अब सो बाटो भएर जाने सबैले सनीलाई नै हेर्ने गरेको उनले जानकारी दिए ।

यसरी खेतमा सनी लियोनीको तस्विर राख्नाले उनलाई बाली सप्रने कुराले मात्र राम्रो भएन साथमा उनले सो क्षेत्रमा निकै चर्चा समेत कमाए ।

एजेन्सी


क्लिकमान्डु