पञ्जाब नेशनल बैंकमा सवा खर्बको घोटला !



मुम्बई । भारतको पञ्जाब नेशनल बैंकमा भएको ठूलो घोटला काण्ड सार्वजानिक भएको छ । बैंकको मुम्बइस्थित ब्रिच कैण्डी शाखाबाट १ खर्ब १३ अर्ब ६० करोड भारु बराबरको रकम हिनामिना भएको हो ।

यो घोटला काण्ड सार्वजानिक भएपछि बैंकको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । बीबीसीका अनुसार एकैदिन बैंकको सेयर मूल्य ६.७ प्रतिशतले घटेको छ ।

‘यस घटनामा जति लेनदेन भएको छ, त्यो केही व्यक्तिका फाइदाका लागि भएको हो, यसमा बैंकका कर्मचारी र ग्राहकको मिलोमतो छ । यस्तो लाग्छ कि यस कारोबारको आधारमा अन्य बैंककले पनि यस्ता खातावालालाई विदेशमा पैसा दिएका हुनसक्छ,’ बैंकका एक कर्मचारीले बीबीसीसँग भने ।

बैंकले यो घोटलामा संलग्न व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन । तर, बैंकले यस कारोबारमा संलग्न ब्यक्तिको विरुद्ध प्रहरीमा उजुरी भने गरिसकेको छ ।

बैंकमा यस्तो कारोबार विपत्तको समयमा हुन्छ । बैंकले पेश गर्ने कागजातका आधारमा बैंकको सच्चाई पर्दाफास हुने बीबीसीले जनाएको छ ।

बैंकलाई पहिले नै झुटो कारोबार गरेको आरोप लागिसकेको छ । केही हप्ताअघि व्यवसायी निरब मोदीसँग जोडिएको झुटो कारोबार बैंकबाट भएको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार केन्द्रिय जाँच ब्यूरोका अधिकारीका अनुसार निरव मोदी, उनको भाई, श्रीमती र कारोबार साझेदारले पञ्जाब नेशनल बैंकलाई २८० करोड रुपैयाँभन्दा धेरैको झड्का लगाएका थिए ।

निरव, उनको भाई, श्रीमती र मेहुल चीनूभाई चोकसीले बैंकका अधिकारीलाई झुक्याएर पैसा उम्काएका थिए । यिनीहरु सबै जना आर यूएस, सोलर एक्सपोर्ट तथा स्टेलर डायमण्डमा साझेदार भएको बैंकको दाबी छ ।


पुष्प दुलाल