दोब्बरले बढ्यो नेपाल लाइफको नाफा, तीब्र प्रतिस्पर्धा नै मूख्य चुनौति



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नाफा दोब्बर बढाएको छ । आइतबार प्रकाशित कम्पनीको चालू आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणमा अघिल्लो वर्षको भन्दा दोब्बर बढी नाफा कमाएको उल्लेख छ ।

०७४ पुस मसान्तसम्मा कम्पनीले २८ करोड रुपैयाँ नाफा काएको छ । जबकी ०७३ पुस मसान्तमा कम्पनीले १५ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो । गत वर्षको भन्दो यो वर्षको नाफा ८३ प्रतिशतले बढी हो ।

नेपालको एक नम्बरको जिबन बीमा कम्पनीकोरुपमा स्थापित यो कम्पनीले आफूलाई लगातार बलियोसँग प्रस्तुत गर्दै आएको छ ।

३ अर्ब ९ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा ५ अर्ब २ करोड रुपैयाँ रहेको छ । त्यस्तै जिबन बीमा कोषमा ४५ अर्ब ६३ करोड रुपैयाँ छ । नियामक बीमा समितिले जिबन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने भने पनि यो कम्पनीले ३ अर्ब बढी चुक्ता पुँजी पुर्याएको हो ।

कम्पनीले हालसम्म ५९ अर्ब ६० करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा मात्रै ७ अर्ब २२ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको जीवन बीमा लेखको संख्या १० लाख ८० हजार पुगेको छ । उसले यसअवधिमा २ अर्ब ३५ करोड दावी भुक्तानी गरेको छ भने ८३ ५४ लाख दावी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीले नपिएका नयाँ बीमा कम्पनीहरुका कारण बीमाको दायरा बढ्ने भएपनि बजारमा तीब्र प्रतिस्पर्धा हुँदा यो क्षेत्रमा समस्या आउन सक्ने चुनौति देखेको छ । यस्ता चुनौतिप्रति कम्पनी सचेत रहेको बताएकायो क्षेत्रमा समस्या आउन सक्ने चुनौति देखेको छ । यस्ता चुनौतिप्रति कम्पनी सचेत रहेको बताएको छ ।

बीमा कम्पनीहरुको संख्या बढ्दा दक्ष जशक्तिको चरम अभाव रहेको विषलाई पनि कम्पनीले समस्याको रुपमा अघि सारेको छ ।


पुष्प दुलाल