मोदीको दूत बनेर सुष्मा स्वराज बिहीबार नेपाल आउँदै, ओलीलाई भेटेर के भन्लिन् ?



काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता र वाम गठबन्धनको सरकार गठन हुन लागेको समयमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज यही माघ १८ गते नेपाल भ्रमणमा आउन लागेकी छिन् ।

भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्तिमार्फत् स्वराज नेपाल भ्रमणमा जान लागेको जनाएको छ ।

नेपालमा वाम गठबन्धनको सरकार गठन हुन लागेको समयमा नै हुन लागेको भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

अब बन्ने वाम सरकारसँग सम्बन्ध सुधारका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषेश दूत बनेर विदेशमन्त्री स्वराज नेपाल भ्रमणमा जान लागेको भारतीय सञ्चार माध्यमले टिप्प्णी गरेका छन् ।

नयाँ सरकारमा एमाले अध्यक्ष केपी ओली नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित जस्तै रहेको छ ।

स्वराज बिहिबार दुई दिने भ्रमणको क्रममा नेपाल आउन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

पछिल्लो पटक भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष केपी ओलीलाई दुई पटक सम्म टेलिफोन गरेका छन् भने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग एक/एक पटक टेलिफोन सम्वाद गरेका छन् ।


पुष्प दुलाल