काठमाडौंका गेस्ट हाउससँग घुस लिने पुलिसलाई अख्तियारले समात्यो



काठमाडौं । काठमाडौंको गोंगबु क्षेत्रमा सञ्चालनमा रहेका गेष्ट हाउससँग घुस लिने प्रहरी इनिस्पेक्टर हरि सुनुवारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

सुनुवारले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका गेष्ट हाउससँग विभिन्न डर, त्रास देखाई घुस लिने गरेका थिए । गेष्टहाउन सञ्चालकहरुको उजुरीका आधारमा अख्तियारको टोलीले ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

साथै उक्त घुस लेनदेन प्रक्रियामा घुसको रकम माग्ने उठाउने कार्यमा प्रहरी जवान वीरेन्द्रबहादुर बम मतियारको रुपमा कसूरदार रहेको अख्तियारले जनाएको छ । अख्तियारले दुबै बिरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।


पुष्प दुलाल