माघमा रसुवागढीको १ अर्ब ६४ करोड बढीको आईपीओ आउदैं



काठमाडौँ । साञ्जेन जलविद्युत् आयोजनाले सञ्चयकर्तालाई साधारण सेयर जारी गर्ने घोषणा गरेको एक साता पनि नबित्दै चिलिमे जलविद्युत् कम्पनीको अर्को सहायक कम्पनी रसुवागढी जलविद्युत् आयोजनाले पनि सोही प्रकृतिको सेयर जारी गर्ने भएको छ ।

कम्पनीले प्राथमिक सेयर निष्कासन गर्ने तयारीलाई अन्तिम चरणमा पुगेको जनाएको छ ।

कम्पनीले पहिलो चरणमा संचय कोषका सञ्चयकर्ता, सञ्चय कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई १ अर्ब ६४ करोड २१ लाख ४ बराबरको साधारण सेयर निस्काशन गर्ने तयारी गरेको छ ।

यसै महिनाको अन्तिमसम्म सबै प्रक्रिया सम्पन्न गरेर माघको पहिलो साता साधारण सेयर निस्काशन गर्ने तयारी भइरहको आयोजनाका प्रमु ख माधव कोइरालाले जानकारी दिए ।

कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावितलाई १० र सर्वसाधारणलाई १३ गरी झण्डै रु १ अर्ब ७५ करोड आईपीओ निष्कासन गर्ने तयारी कम्पनीको छ ।

कम्पनीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ ।


क्लिकमान्डु