यी दुई भाग्यमानी जसले २०४८ सालपछि लगातार चुनाव जिते



काठमाडौं । निर्वाचन नियमित प्रक्रिया हो । निर्वाचनमा जित र हार जे पनि हुनसक्छ । तर, नेपाली राजनीतिमा ६ पटक निर्वाचन जितेर अपराजित बन्ने सौभाग्य कमैले पाउँछन् ।

२०४८ सालदेखि निरन्तर निर्वाचन जित्ने नेतामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र काँग्रेस नेता विजयकुमार गच्छदार भएका छन् ।

देउवाले २०४८ सालदेखि हालसम्म कुनै पनि निर्वाचन हारेका छैनन् । उनले डडेल्धुराबाट आफ्नो विजययात्रा कायम राखेका छन् । र, यसपटक उनले छैटौं जित निकालेका छन् । उनले लगातार ३ पटक माओवादी केन्द्रका नेता खगराज भट्टलाई पराजित गरेका छन् ।

लगातार बिजयी नेताको सूचीमा विजयकुमार गच्छदार पनि सामेल भएका छन् । उनले २०४८, २०५१ र २०५६ को निर्वाचन नेपाली काँग्रेसबाट जितेका थिए भने २०६४ सालको संबिधान सभा निर्वाचन मधेसी जनाधिकार फोरमबाट जितेका थिए ।

२०७० सालको निर्वाचन आफ्नै नेतृत्वको पार्टी फोरम लोकतान्त्रिक बाट बिजय भएका उनले यस पटकको निर्वाचन नेपाली काँग्रेसबाट बिजय पाएका हुन् । २०७० को संबिधान सभा निर्वाचनमा उनले २ क्षेत्रबाट उम्मेद्वारी दिएका थिए ।  त्यसबेला उनि बिराटनगरबाट भने पराजित भएका थिए ।

यसपटकको निर्वाचनमा भर्रखरै बिजय भएसँगै उनि छैटौं पटक निर्वाचन जित्ने नेता भएका छन् । नेकपा एमालेका नेता झलनाथ खनाल २०५६ सालको निर्वाचनमा पराजित भएका थिए । उनले यस बाहेक ५ वटै निर्वाचन जितेका छन् ।

त्यस्तै एमाले नेता माधबकुमार नेपाल पनि ५ पटक निर्वाचित भएका छन् । उनले २०६४ सालको पहिलो संबिधान सभा निर्वाचनमा काठमाडौं र रौतहट दुबै ठाँउमा हार व्योहोरेका थिए ।


पुष्प दुलाल