आइएमई र मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता




काठमाडौं । आइएमई र भारतस्थित मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता भएको छ । मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रवन्धक आर. के. बिजिमोन र आइएमईका तर्फबाट प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

आइतवार एक कार्यक्रम बीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेल, मुथुत फाइनान्स इण्डो–नेपाल रेमिटेन्स प्रमुख अनिल कार्की र दुवै संस्थाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

सम्झौता अनुसार भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाटनेपाल पैसा पठाउन सक्नेछन् । यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानी लिन सक्नेछन् । नगद भुक्तानी सेवाका अतिरिक्त खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाल स्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारत स्थित आरबीएल बैंक सेवाका लागि बैंकिंग साझेदार संस्था हुनेछन् ।


पुष्प दुलाल