प्रदेश नम्बर २ मा एमाले तेश्रो, कुन जिल्लाबाट कति मत




काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रदेश नम्बर २ मा २९ हजार ६ सय ३२ मत प्राप्त गरेको छ ।

प्रदेश नम्बर २ को ८ जिल्लामध्ये अहिलेसम्म ५ जिल्लाको समानुपातिकतर्फको मत परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

मत गणना भईरहेको ५ जिल्ला मध्ये बारा जिल्लामा एमाले सबैभन्दा अगाडि छ भने रौतहटमा पाँचौ स्थानमा छ । सिराह, महोत्तरी र सर्लाही जिल्लाको मत परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छैन ।

देशभर अग्रता लिईरहेको एमाले प्रदेश नम्बर २ मा समग्रमा तेश्रो स्थानमा छ । पहिलो काँग्रेस, दोश्रो राष्ट्रिय जनता पार्टी र तेश्रो स्थानमा एमाले छ ।

२ नम्बर प्रदेशको ५ जिल्लामा एमालेको मत यस्तो छ

बारा १३१५८
पर्सा २५००
रौतहट ५१०२
धनुसा ७१८२
सप्तरी १७७०


पुष्प दुलाल