प्रदेश नम्बर ३ मा कुन जिल्लाबाट कति मत पायो विवेकशिल साझाले



काठमाडौं । विवेकशिल साझा पार्टीले समानुपातिकतर्फ प्रदेश नम्बर ३ मा ४० हजार ८ सय ८८ मत ल्याएको छ ।

समानुपातिकतर्फ ७९ हजार ७ सय ७६ मत पाउदा प्रदेश नम्बर ३ बाट मात्रै ४० हजारभन्दा बढि मत पाएको हो ।

पार्टीले काठमाडौं जिल्लाबाट सबैभन्दा धेरै १५ हजार ९ सय ४७ मत ल्याएको छ भने सबैभन्दा कम सिन्धुली जिल्लाबाट २ सय ४९ मत ल्याएको छ । यी सबै ठाँउमा अहिले मत गणना जारी छ ।

काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर सो पार्टीलाई बढि मत आएका जिल्ला हुन् । प्रदेश नम्बर ३ को सिन्धुपाल्चोक र काभ्रेको समानुपातिक तर्फको मत परिणाम निर्वाचन आयोगले हालसम्म सार्वजनिक गरेको छैन ।

विवेकशिल साझालाई कुन जिल्लामा कति मत ?

काठमाडौं १५९४७
ललितपुर १५५०१
भक्तपुर ३२२५
मकवानपुर २२३६
नुवाकोट १०३७
धादिङ १३३०
रसुवा ३४१
दोलखा ५४५
रामेछाप ४७७
सिन्धुली २४९


पुष्प दुलाल