तपाईंको एटीएम कार्ड हरायो ? सुरक्षित बनाउन यसो गर्नुहोस्



काठमाडौं । एटीएम कार्ड, डेबिट कार्ड तथा क्रेटिड कार्डजस्ता विभिन्न किसिमका बैंकिङ कार्डहरु आजभोलि दैनिकरुपमा प्रयोगमा रहेका हुन्छन् । यस्ता कार्डहरुको माध्यमबाट दैनिक विभिन्न किसिमका कारोबार भइरहेको हुन्छ ।

होटल रेष्टुरेन्टमा खाना खानेदेखि, सामान किन्नेजस्ता कारोबारमा भुक्तानीको लागि यस्ता कार्डहरु प्रयोग गरिन्छ ।

यस्ता कार्डहरु हरेक प्रयोगकर्ताहरुको लागि महत्वपूर्ण रहेको हुन्छ र यसको सुरक्षा सबैभन्दा बढि चिन्ताको विषय हुने गरेको छ ।

यदि तपाईँको यस्तो प्लास्टिक मनि हरायो वा चोरी भयो भने के होला भन्ने चिन्ता तपाईँलाई हुनु स्वभाविक हो । यस्तो बेलामा के गर्ने ? यो प्रश्न निकै अहम् छ ।

तर यस्तो चिन्ताबाट मुक्त हुने केहि सामान्य उपायहरु छन जसले तपाईँको कार्ड हराएमा वा चोरी भएमा पनि कुनै चिन्ता लिनुपर्दैन् ।

यस्ता छन उपायहरु

सबैभन्दा पहिले तपाईँले आफ्नो बैंक खातालाई नेट बैंकिङसँग जोड्नुहोस् । यसले गर्दा तपाईँको कार्ड हराएमा वा चोरी भएमा तपाईँले नेट बैंकिङमार्फत लगइन गरेर आफ्नो कार्डलाई डिएक्टीभेट गर्न सक्नुहुन्छ ।

तपाईँले बैंक खातालाई नेट बैंकिङमा जोडेपछि आफ्नो बैंक खाताको पासवर्ड पनि परिवर्तन गर्न सक्नुहुनेछ, जसले तपाईँको हराएको कार्ड अन्य कसैले भेटेमा पनि प्रयोग गर्न सक्दैन् ।

तपाईँको कार्ड हरायो वा चोरी हुने वित्तिकै तपाईँले बैंकको कस्टमर केयर वा आकस्मिक फोन नम्बरमा तत्काल फोन गरेर कार्डको सर्भिसलाई बन्द गराउन सक्नुहुनेछ वा त्यसबाट हुने भुक्तानीलाई तत्काल रोक्न सकिनेछ ।

यस्तो गरिसकेपछि अन्य व्यक्तिले कार्डमार्फत भुक्तानी गर्न सक्नेछैन् । यस्तो नम्बर तपाईँलाई कार्डसँग दिईएको डकुमेन्टमा उपलब्ध गराईएको हुन्छ वा तपाईँले बैंकको वेबसाइटमा गएर यस्तो कार्डको लागि दिईएको आकस्मिक नम्बर पत्ता लगाउन सक्नुहुनेछ । यस्तो नम्बर ३६५ दिनका लागि नै उपलब्ध गरार्ईएको हुन्छ ।

तपाईँले यस्तो कार्ड सेवा नम्बर आफ्नो छुट्टै डायरीमा वा अन्य डिभाइसमा राख्न सक्नुहुनेछ ।

तपाईँको कार्ड हराएपछि वा चोरीभएपनि नयाँ कार्डको लागि आवेदन दिन सकिन्छ । यस्तो आवेदन केहि बैंकहरुमा अनलाईनमार्फत नै दिने व्यवस्था पनि रहेको छ ।

कार्डको लागि आवेदन दिएको एक सातामा बैंकले तपाईँलाई नयाँ कार्ड उपलब्ध गराउँछ र त्यसका साथमा नयाँ पिन नम्बर पनि राखिएको हुन्छ ।

यी केहि उपायहरु अपनाउनुभयो भने तपाईँले प्रयोग गरिरहेको कुनैपनि किसिमको प्लास्टिक मनि हराएमा केहि चिन्ता मान्नु पर्दैन् । यसले तपाईँको विभिन्न जानकारी र पैसाको सुरक्षा गर्दछ ।


पुष्प दुलाल