चुनाव हारेपछि रामहरीले आफ्नै कार्यकर्तालाई कारबाही गर्न गरे सिफारिस



काठमाडौं ।  ओखलढुङा जिल्लाका प्रतिनिधि सभाका उम्मेदवार रामहरी खतिवडाले आफ्नै पार्टीका जिल्ला स्तरका नेताले अन्र्तघात गर्दा आफुहरुले चुनावमा हार व्यहोर्नुपरेकोले तत्काल कारबाही गर्न माग गरेका छन् ।

नेपाली काँग्रेसका आधिकाकिर उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने र स्वतन्त्र उम्मेदवारलाई सघाउनेहरुलाई कारबाही गर्न खतिवडा सहित प्रदेश सभा उम्मेदवारहरुले लिखित माग गरेका छन् ।

खतिवडा विरुद्ध जिल्लाका नेता ज्ञानेन्द्र रुम्जालीले उम्मेदवारी दिएका थिए । उनीलाई अन्य दर्जन भन्दा बढी जिल्लाका नेता कार्यकर्ताहरु प्रस्तावक र समर्थक बसेका थिए । पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध लाग्ने सवैलाई कारबाही गर्न खतिवडाले माग गरेका हुन् ।


पुष्प दुलाल