वाम गठबन्धनका प्रमुख शूत्रधार बामदेव गौतमले नै चुनाव हारे



काठमाडौं । एमाले उपाध्यक्षसमेत रहेका बाम गठबन्धनका उम्मेद्वार बामदेव गौतम चुनाब हारेका छन् । बर्दिया १ बाट प्रतिनिधिसभा उम्मेद्वार बनेका गौतम कांग्रेसका उम्मेद्वार सञ्जय गौतमसँग ७ सय ५३ मतान्तरले पराजित भएका हुन् ।

बामदेवले ४४ हजार ७६ मत ल्याए भने सञ्जयले ४४ हजार ८ सय २९ मत प्राप्त गरी बिजयी भए ।

बामदेब एमाले माओवादी गठबन्धनका प्रमुख शुत्रधार हुन् । गौतमलाई निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्रीको रुपमा समेत हेरिएको थियो ।


पुष्प दुलाल