सेञ्चुरी बैंकको अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाईनान्ससँग एकिकृत कारोबार सुरु



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ती (एक्विजिशन) गरी एकिकृत कारोबार सुरु गरेको छ । बैकले आइतबारदेखि एकिकृत कारोबार सुरु गरेको हो ।

एकीकृत कारोबारको शुभारम्भ राष्ट्र बैंकका गर्भनर  चिरञ्जीवि नेपालले काठमाण्डौंबाट गरेका छन् । एकिकृत कारोबार पश्चात् बैंकको चुक्ता पूंजी ७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप ४९ अर्ब रुपैयाँ र कर्जा ४५ अर्ब रुपैयाँ पुगेको छ । बैंकको शाखा कार्यालहरु ८५ वटा भएका छन् ।

सेञ्चुरी बैंकले बोनस सेयर जारी गरी ८ अर्ब रुपैयाँ पुंजी पुर्याउने जनाएको छ ।


पुष्प दुलाल