चुनाबी खेलः दिपक मनाङ्गेले जिते, गणेश लामाको हार्ने संभावना !



काठमाडौं । समाजमा गुण्डाको छाप बनाएका दिपक मनाङ्गेले बाम गठबन्धनको समर्थनमा मनाङबाट प्रदेश सभाको चुनाब जिते ।

तर, कांग्रेसका तर्फबाट काभ्रपलाञ्चोक जिल्लाबाट प्रदेश सभाका उम्मेद्वार रहेका गणेश लामाले भने हार्ने संभावना बढेर गएको छ ।

काभ्रेको मतपरिणममा सुरुवाती चरणदेखि नै प्रतिनिधिसभा र प्रदेशसभाका सबै बाम गठबन्धनका उम्मेद्वार अग्र स्थानमा छन् ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार, प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगाबहादुर दोङले ३० हजार ६१३, नेपाली काँग्रेसका तीर्थ लामाले २९ हजार ३९ मत प्राप्त गरेका छन् ।

यसैगरी सोहि क्षेत्रका प्रदेशसभा क मा वाम गठबन्धनबाट माओवादी केन्द्र का रत्न ढकालले २३ हजार ५१८ र काँग्रेसका सिवी लामाले १५ हजार ८५६ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा ख मा वाम गठबन्धनबाट एमालेका चन्द्र लामाले १५ हजार ७४८ र काँग्रेसका गणेश लामाले १४ हजार ६८२ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमालेका गोकुल बाँस्कोटाले ३० हजार १०२ र काँग्रेसका मधुप्रसाद आचार्यले २० हजार ९४३ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं २ को प्रदेशसभा क मा वाम गठबन्धनबाट एमालेका लक्ष्मण लम्सालले १५ हजार ६८८ र काँग्रेसका सुन्दरमणि आचार्यले नौ हजार ९४३ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा ९ख० मा वाम गठबन्धनबाट एमालेका वसुन्धरा हुमागाईंले १५ हजार ३३६ र काँग्रेसका कञ्चनचन्द्र वादेले ११ हजार ३९६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


पुष्प दुलाल