प्रधानमन्त्रीपत्नी आरजू देउवाले चुनाब हारिन्



काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा चुनाब हारेकी छन् ।

कैलाली ५ बाट उम्मेद्वार रहेकी देउवा एमालेका नारदमूनी रानासँग भारती मतान्तरले पराजित भएकी हुन् ।

वामगठवन्धनका नारदमूनीले २७ हजार २ सय २ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी छन् । प्रधानमन्त्री पत्नी आरजु राणा ४८ सय ८० मत अन्तरले पराजित भएकी हुन्।


पुष्प दुलाल