यी हुन् अहिलेसम्म कांग्रेस मुक्त भएका जिल्लाहरु



काठमाडौं । हालै भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसको अत्यत्नै कमजोर उपस्थिति देखिएको छ । अहिलेसम्म आएको निर्वाचन परिणाम अनुसार नेपाली कांग्रेसले प्रत्यक्षमा लज्जास्पद पराजय भोगेको छ ।

२०७० को निर्वाचनमा सबैभन्दा ठूलो पार्टीको हैसियत बनाएको कांग्रेस यो निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो पार्टीमा खुम्चिएको छ ।

यतिसम्म कि अहिलेसम्म भएको सबै चुनाबमा कांग्रेसले जित्दै आएका निर्वाचन क्षेत्रमा समेत कांग्रेसले यसपटक हाल ब्यहोरेको छ ।

मोरङ, सोलुखुम्बु, ओखलढुंगा, नुवाकोट, तनहुँ, हुम्ला, मनाङलगायतका कांग्रेसको गढ भनेर चिनिएको जिल्लाहरुमा समेत कांग्रेसले हार व्यहोरेको छ ।

करिब ८० स्थानको निर्वाचनको परिणाम आइसकेको छ । जसमा कांग्रेसले १२ ठाउँमा मात्रै जितेको छ । अहिलेसम्मको परिणाम अनुसार यी जिल्लामा कांग्रेसका जनप्रतिनिधि नै छैनन् ।

मतगणना जारी छ ।

बाजुरा
बैतडी
बझाङ
दार्चुला
रुकुम
रोल्पा
दाङ
कालिकोट
जाजरकोट
जुम्ला
मुगु
दोलखा
सिन्धुपाल्चोक
सिन्धुली
ललितपूर
भक्तपूर
धादिङ
पर्बत
खोटाङ
भोजपुर
सोलुखुम्बु
लमजुङ
बागलुङ
रामेछाप
दैलेख
ओखलढुंगा
धनकुटा
म्याग्दी
झापा
नुवाकोट


पुष्प दुलाल