५ मतले चुनाब हारेपछि कांग्रेस उम्मेद्वार प्रदिप पौडेलले पुन मत गणनाको माग गरे



काठमाडौं । तनहुँ क्षेत्र नं. २ को निर्वाचनमा बामपन्थी उम्मेद्वारसँग ५ मतले हारेपछि कांग्रेसका उम्मेद्वार प्रदिप पौडेलले पुन मतगणनाको माग गरेका छन् ।

तनहुँको क्षेत्र नं.२ अन्तर्गतको प्रदेश २ मा कुल खसेको मत भन्दा ४२ मत बढी पाइएको थियो । खसेको भन्दा बढी मतपत्र पाइएपछि पौडेलले पुन मतगणनाको माग गरेका हुन् ।

बामपन्थीका तर्फबाट उम्मेद्वार माओवादी नेतृ तथा बिनाविभागीय मन्त्री आशा कोइरालाले १६ हजार ६ सय ४६ मत ल्याएकी छन् भने कांग्रेस उम्मेद्वार पौडेलको १६ हजार ६ सय ४१ मत ल्याएका छन् ।


पुष्प दुलाल