राम कार्कीलाई बधाई दिँदै विश्वप्रकाशले भने- झापाली जनताले मलाई चिन्न सकेनन्



काठमाडौं । झापा क्षेत्र नं १ बाट वामगठन्धनका उम्मेदवार राम कार्कीसँग पराजित भएका नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्माले हारलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन् ।

काँग्रेसभित्र बौद्धिक नेताका रुपमा चिनिएका शर्माले आफ्नो पार्टी र आफ्नै कारणले पराजित भएको बताएका हुन् ।

आफ्ना प्रतिस्पर्धी राम कार्कीलाई खादा ओढाएर बधाई दिएपछि शर्माले भने झापा १ का मतदाताले आफूलाई यस पटक विजयी नगराएपनि आफू सँधै झापाका जनताको पक्षमा नै काम गर्ने बताए ।

उनले विजयी कार्कीलाई बधाई दिँदै जनताको पक्षमा काम गर्न आग्रह समेत गरे ।
शर्माले भने ‘मलाई, दुख यसमा छैन कि मैले हारे । मलाई दुख यसमा छ कि झापा १ का जनताले मलाई चिन्न सकेनन् ।’

पछिल्लो मतपरिणाम अनुसार कार्कीले ३२ हजार ४८४ मत पाएका छन् भने कांग्रेसका विश्वप्रकाशले ३० हजार २ सय ५४ मत ल्याएका छन् । निर्वाचन आयोगले कार्की विजयी भएको आधिकारिक घोषणा गर्न बाँकी छ ।

चुनाब प्रचारको क्रममा कार्की र शर्माले एकअर्कालाई गैरराजनैतिक आरोप प्रत्यारोप गरेनन् ।


पुष्प दुलाल