पूर्वसहकर्मी नारायणकाजीलाई हराउँदै बाबुरामले चुनाब जिते



काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनाब जितेका छन् । निकटतम प्रतिद्वन्द्धी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई करिब ५ हजारभन्दा बढीको मतान्तरले चुनाब जितेका हुन् ।

साँझ साढे ५ बजेसम्मको मतगणनाअनुसार बाबुरामले नारायणकाजीलाई ५५ सय मतले उछिनेका छन् । अब जम्मा ५५ सय मत गन्न बाँकी छ । सबै मत नारायणकाजीका पक्षमा आयो भने पनि नारायणकाजीले चुनाब जित्ने छैनन् ।

यसैबीच प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठले आफ्नो हार स्वीकार गर्दै बाबुरामलाई बधाईसमेत दिइसकेका छन् ।


पुष्प दुलाल