चुनाब जितेको झोंकमा रक्सीले लठ्ठिएर बाम गठबन्धनका कार्यकताले प्रहरी कुटेपछि…



काठमाडौं । बाम गठबन्धनका कार्यकर्ताहरुको आक्रमणमा परी बझाङमा गस्तीमा रहेका प्रहरी घाइते भएका छन् ।

चुनाब जितेको झोंकमा बाम गठबन्धनका कार्यकर्ताले गस्तीमा रहेको प्रहरीको गाडीमा आक्रम गरेका थिए ।

शुक्रबार मध्यराति जिल्ला वन कार्यालय अगाडि रहेको प्रहरी गस्तीलाई लक्ष्य गरी मदिरा सेवन गरी लठ्ठ भएका बाम कार्यकर्ताले ढुंगामुढा गरेका थिए ।

ढुंगा लागेर प्रहरी जवानहरु हेमराज पनेरु, लक्ष्मी भट्ट, तेजबहादुर चन्द र यज्ञराज जोशी घाइते भएको प्रहरी निरीक्षक रामबहादुर चन्दले जानकारी दिए ।

धाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ढुंगामुडा गर्दा प्रहरीको गाडीमा समेत क्षति पुगेको छ ।

तोडफोडमा संलग्न रहेको आशंकामा खप्तड छान्ना गाउँपालिका– १ का मुकुन्द थापा, थलारा गाउँपालिका– २ का रमेश खाती र भक्त खातीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडि बढाएको बोहराले जानकारी दिए ।

मतपरिणाम सार्वजनिक भएपछि बजारमा विजय उत्सव मनाइरहेका वाम गठबन्धनका कार्यकर्ताले सो आक्रमण गरेका बताइएको छ ।


पुष्प दुलाल