गोर्खामा बाबुरामको जित शुुनिश्चित साढे ७ हजार मत गन्न बाँकी हुँदा ५ हजार मतले अगाडि



काठमाडौं । गोर्खा १ मा डा. बाबुराम भट्टराईको जित शुनिश्चित जस्तै भएको छ । नयाँ शक्ति पार्टीका संयोजकसमेत रहेका डा. बाबुराम भट्टराईले आफ्ना निकटतम प्रतिद्वन्दी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई ५ सय मतले पछि पारेका छन् ।

निर्वाचन अधिकृतका अनुसार अब गोर्खामा ७ हजार मत मात्रै गन्न बाँकी छ ।

अहिलेसम्म ५२ हजार ६ सय ६५ मत गनिसकिएको छ । बाबुरामले २७ हजार ३ सय २३ मत ल्याएका छन् भने नारायणकाजीले २२ हजार ३ सय २३ मत ल्याएका छन् ।

बाबुरामलाई कांग्रेसको समर्थन थियो भने नारायणकाजीलाई एमालेको समर्थन थियो ।


पुष्प दुलाल