एमाले कार्यकर्ताले निर्वाचन अधिकृत कुटेपछि स्याङ्जामा तनाव



काठमाडौं । एमाले कार्यकर्ताले स्याङ्जाका निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठमाथि हातपात गरेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नंम्बर २ का निर्वाचन अधिकृत श्रेष्ठ माथि एमालेका नेता तथा आँधीखोला गाउँपालिकाका प्रमुख सुधिरकुमार पौडेलले हातपात गरेका हुन् ।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नंम्बर २ का उम्मेदवार पद्यमा अर्यालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा सहभागि पौडेलले हातपात गरे ।

श्रेष्ठको कार्यकक्षमा प्रबेश गरि पौडेलले लात्ति लात्तिले हानेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार सम्पन्न निर्वाचनमा काग्रेसले ४ बुथ कब्जा गरेको भन्दै एमालेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएपछि स्याङ्जाको मतगणना अबरुद्ध भएको छ ।

एमालेले उजुरी दर्ता गराएपछि कांग्रेसले पनि ५ बुथमा एमालेले बलजपफ्ती गरेको भन्दै पुनः मतदानको माग गरेपछि विवाद बढ्दै गएको छ ।

एमालेका नेता नै कर्मचारीमाथि आक्रर्मण गर्न उत्रिएपछि कर्मचारीहरु त्रसित भएका छन् ।

अबरुद्ध भएको मतगणनालाई कसरी अगाडी बढाउनेमा मुख्य निर्वाचन अधिकृतले बैठक बोलाएपनि दलहरु सहभागि भएका छैनन् ।
कांग्रेस र वाम गठबन्धन आन्तरिक बैठकमा व्यस्त भएकाले बैठकमा सहभागि नभएको दल सम्बद्ध नेताहरुले जानकारी दिएका छन् ।


पुष्प दुलाल