ललितपुर-१ मा नवराज सिलवालको अग्रता कायमै, उदयलाई १७१ मतले उछिने



काठमाडौं । सुरुवाती चरणदेखि नै अग्रता लिएका ललितपुर–१ मा एमालेका उम्मेद्वार नवराज सिलवालले अग्रता कायमै राखेका छन् । सिलवालले राज्यमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेद्वार उदय राणालाई १७१ मतले पछि पारेका छन् ।

पछिल्लो मतगणनाको परिणाम अनुसार सिलवालले हालसम्म २९७७ मत प्राप्त गरेका छन् कांग्रेसका उदयले २८०६ मत प्राप्त गरेका छन् । मत गणना जारी भइरहेको छ ।


पुष्प दुलाल