चितवनमा १०० मत गन्दा प्रचण्डले ८१ मत ल्याए



काठमाडौं । चितवन क्षेत्र नं. ३ को प्रारम्भिक मतगणना सार्वजानिक भएको छ । अहिलेसम्म १०० मत गनिएको छ, जसमध्ये माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले ८१ मत ल्याएका छन् ।

उनका प्रतिस्पर्धी राप्रपाका नेता बिक्रम पाण्डेले १९ मत ल्याएका छन् ।

प्रचण्ड एमालेसहितको बाम गठबन्धनका उम्मेद्वार हुन भने पाण्डे कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार हुन् ।

चितवन क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८२३ मतदाता छन् ।

स्थानीय तहमा भएको निर्वाचनमा कांग्रेससँगको चुनाबी तालमेलमा प्रचण्डपुत्री रेणु दाहाल मेयरमा निर्वाचित भएको भरतपुर महानगरपालिका पनि यही निर्वाचन क्षेत्रमा पर्छ ।


पुष्प दुलाल