कृषि बिकास बैंकको ५ करोड ठग्ने पक्राउ



काठमाडौं । कृषि विकास बैंकको ४ करोड ९१ लाख रुपैयाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले काठमाण्डौंको सितापाईला बस्ने बर्ष ३२ की दिपिका रेग्मी, जिल्ला तेह्रथुम सिम्ले- ५ घर भई हाल जिल्ला काठमाण्डौंको बालाजु बस्ने बर्ष ४२ को प्रकाश घतानी, दोलखा भिमेश्वर घर भई हाल काठमाण्डौं बस्ने ४२ बर्षका रमेश कुमार थापालाई पक्राउ गरेको हो ।

मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार क्लियरिङको हिसाबको रकम पेन्डिङ भएको देखाई बैंकको रकम एक आपसमा मिलेमतो गरी बैंकलाई हानी पुर्याएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

बैंकको न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दिपिका रेग्मिको मुख्य संलग्नता देखिएको र सो सम्बन्धमा नेपाल राष्ट्र बैंकको पत्रको जाहेरी पश्चात प्रहरीको पक्राउ गरेको हो ।

अभियुक्तहरुलाई पाँच दिनको म्याद थप भई ‍ बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


पुष्प दुलाल