स्पर्स लघुवित्तको ३ महिनामा १५ शाखा बिस्तार




काठमाडौ । स्पर्स लघुवित्तले ३ महिनामा १५ शाखा बिस्तार गरेको छ । चालू आर्थिक बर्षबाट कारोबार सुरु गरेको लघुवित्तले ३ महिनाको अवधिमा १५ वटा शाखा खोलेको हो ।

लघुवित्तले १० वटा जिल्लाहरु कास्की, वाग्लुङ्ग, म्याग्दी, लमजुङ्ग, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखाका बैंकिङ पहुँच नपुगेका गाउँपालिकाहरुमा केन्द्रित भई समावेशी लघुवित्त कार्यक्रम संचालन गरिरहेको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

लघुवित्तले विभिन्न रेमिट्यान्स कम्पनीहरुको सब एजेन्टका रुपमा देश भित्र रकम पठाउन तथा पाउन र विदेशबाट पठाएको रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको छ ।

२०७४ कार्तिक मसान्तसम्म लघुवित्तको १५ वटा शाखा संचालन छन् । सोहि अवधिमा ५ करोड ३६ लाख रुपैयाँ लगानी गरी करिब ६० लाख बचत संकलन गरको लघुवित्तले जनाएको छ ।


पुष्प दुलाल