म्याग्दे गाँउपालिकामा ज्योति विकास बैंकको ४६औं शाखा संचालनमा



तनहुँ । ज्योति विकास बैंकले तनहुँको म्याग्दे गाउँपालिका ४, थर्पू बजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । बुधबार म्याग्दे गाउँपालिका प्रमुख मायादेवी रानाआले र बैंकका संचालक समितका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

म्याग्दे गाँउपालिकाको शाखासँगै बैंकको तनहुँ २ वटा शाखा संचालनमा छन् । यसअघि बैंकले देवघाटमा शाखा संचालन गरेको थियो ।

पछिल्लो समय बैंकले मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकाको फापरबारी तथा हेटौंडा बजार, महोत्तरी जिल्लाको रामगोपालपुर, काठमाडौंको नेपालटारमा र कैलालीको धनगढीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटीएम छ ।

बैंकले करिब १२ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ८७ करोड रुपैया ँकर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरे पश्चात बैंकको चुक्तापूँजी २ अर्ब ३७ करोड पुगेको छ । गत आर्थिक बर्षको नाफाबाट बोनस सेयर वितरण गरी राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुर्याउने बैंकले जनाएको छ ।


पुष्प दुलाल