ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पौड्याल नियुक्त



काठमाडौं । ग्लोबल आइएमइ बैंकको संचालक समितिको प्रमुख कार्यकारी अधिकृतमा जनकशर्मा पौड्याल नियुक्त भएका छन् । बैंकको संचालक समितिले पौड्याललाई प्रमुख काइकारी अधिकृतमा नियुक्ती गरेको हो ।

यस अघि पौड्याल बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए । बुधबार बसेको संचालक समितिको बैंकले पौड्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

लण्डनबाट एमविए गरेका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकिङ क्षेत्रमा ३० बर्ष भन्दा बढिको अनुभव छ ।


क्लिकमाण्डू