ग्लोबल आइएमई बैंकले थप्यो ३ शाखारहित बैंकिङ



 

 

काठमाडौं । ग्लोबल आइएमई बैंकले ३ शाखारहित बैंकिङ थप गरेको छ । बैंकले कञ्चरपुर जिल्लामा २ र डडेलधुरा जिल्लामा १ शाखा संचालनमा ल्याएको हो ।

बैंकले मंसिर ९ कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ९ ब्रहमदेव तथा तथा मंसिर १० गते कृष्णपुर नगरपालिका २ बाणी मंसिर १० गते नै डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका, ७ सादनीमा शाखा विस्तार गरेको हो ।

३ शाखा संचालनसँगै बैंकको शाखारहित बैंकिङ सेवा ४९ पुगेको छ ।

बैंकले असोज मसान्तसम्म १ खर्व ४ अर्व ९४ करोड रुपैयाँ निक्षेप र ८८ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको हाल १ सय ८ वटा शाखाहरु र १४ वटा राजश्व संकलन काउण्टर छ । एउटा वटा सीडीएससी काउण्टर र १ सय २६ एटीएम छ । ४ वटा एक्सटेन्सन काउण्टर तथा ४९ शाखारहित बैंकिङ सेवा संचालनमा छन् ।


पुष्प दुलाल