लाङटाङ खोला जलविद्युतका एससीआइए आव्हान
काठमाडौं । मल्टि इनर्जीले लाङटाङ खोला जलविद्युत आयोजनाका लागि पूरक वातावरणीय प्रभाव मुल्यांकन (एससीआइए) आव्हान गरेको छ । इनर्जीले रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा २० मेगावट क्षमताको आयोजना निर्माणका लागि एससीआइए माग गरेको हो ।
प्रस्तापित आयोजनाको जडित क्षमता २० मेगावाट छ । आयोजनाको साविक १० मेगावाट क्षमताको लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भईसकेको छ । हाल आयोजनाको क्षमता वृद्धि भएको र केही संरचनासमेत परिवर्तन भएको हुँदा एससीआइए माग गरिएको इनर्जीले जनाएको छ ।
आयोजनाबाट रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा रहेको स्याफुबेसी र बृदिम प्रभावित हुनेछ । आयोजनाको लागि साविक स्याफ्रुवेशी गाविस वडा नम्बर ७ दोमेनमा बाँध निर्माण हुनेछ । र, विद्युत गृह वडा नम्बर १ भोटेकोशी नदी किनारामा निर्माण हुनेछ ।
आयोजनाबाट प्रभावित क्षेत्र स्याफ्रुवेशी र बृदिम गाविसमा २ हजार ६ सय ९३ जनसंख्या छ भने ७ सय ८२ घरधुरी रहेका छन् ।
उल्लेखित यो प्रतिवेदनमा उपयुक्त राय सुझाव प्राप्त भएमा जनसंख्या तथा वातावरण मन्त्रालयले उक्त प्रस्ताव कार्यन्वयनका लागि स्वीकृती दिने क्रममा त्यस्ता राय सुझावलाई समेत ध्यानमा राख्ने मन्त्रालयले जनाएको छ । मंसिर २५ गतेसम्म राय सुझाव दिन सकिने छ ।