सञ्चालकको भत्ता बढाउने लक्ष्मी बैंकको निर्णय



काठमाडौं । लक्ष्मी बैंकले बैठकमा उपस्थित भए बापत अध्यक्ष र सञ्चालकले पाउने बैठक भत्ता बढाउने भएको छ ।

लक्ष्मी बैंकले २०७४ कार्तिक २२ गते बुधबार बसेको बैंक्को सञ्चालक समितिको १९३औँ बैठकको निणय अनुसार बैंकको सञ्चालक समिति तथा अन्य समिति/उपसमितिको बैठकमा उपस्थित भए बापत अध्यक्ष तथा सञ्चालकले पाउने बैठक भत्ता बढाउन लागेको हो ।

बैंकले यही मंसिर २८ गते बिहिबार कमलपोखरीस्थित अग्रवाल भवनमा बैकको १७ औं वर्षिक साधारणसभा गर्न लागेको हो । बैंकको १७ औं वार्षिक साधारणसभा दिउँसो २ बजेबाट सुरु हुनेछ ।

साधारणसभाले बैंकको सञ्चालन समितिले प्रस्ताव गरे बमोजिम बैंकको हालको चुक्ता पूँजीको १० प्रतिशत बोनश सेयर पारित गर्ने छ ।


पुष्प दुलाल