ज्योति विकास बैंकको ४६औं शाखा कैलालीको धनगढीमा



कैलाली । ज्योति विकास बैंकले कैलालीको धनगढीमा शाखा कार्यालय संचालनमा ल्याएको छ । बुधबारनेपाल राष्ट्र बैंक धनगढीका प्रमुख, निर्देशक धनन्जय शर्मा तथा धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडले संयुक्त शाखाको उद्घाट गरेका हुन् ।

अघिल्लो हप्ता बैंकले मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकाको फापरबारी र हेटौंडा बजार, महोत्तरी जिल्लाको रामगोपालपुर र काठमाडौंको नेपालटारमा नँया शाखा संचालनमा ल्याएको थियो ।

सेवा क्षेत्रलाई शहरी एवं ग्रामीणभेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने संचालक समितिका सदस्यजगदीश्वर प्रसाद अधिकारीले बताए ।

बैंकले मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवाभाव समेतलाई जोड दिँदै आएको उनले बताए ।

बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम छ ।

बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चातविकास बैंकको चुक्तापूँजी २ अर्व ३७ करोड पुगेको छ ।

गत आर्थिक बर्षको नाफाबाट बोनस सेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको पुर्याउने बैंकले जनाएको छ ।


पुष्प दुलाल