हिमालयन बैंकद्धारा विद्यालयलाई ल्यापटप र कम्प्युटर प्रदान




काठमाडौं । हिमालयन बैंकले काठमाडौंको कुलेश्वर आवास माध्यमिक विद्यालयलाई १ थान ल्यापटप र २० थान कम्प्युटर प्रदान गरेको छ । बैंकले २५औं वार्षिकोत्सवको अवसरमा विद्यालयलाई ल्यापटप र कम्प्युटर प्रदान गरेको हो ।

बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबराले कम्प्युटरहरु विद्यालयका प्रधानाध्यापक मेघराज दुलाललाई हस्तान्तरण गरेका हुन् । उक्त हस्तान्तरण समारोहमा पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालका साथै बैंकका वरिष्ठ अधिकृतहरुको पनि उपस्थिति रहेको थियो ।

बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले कम्प्युटरहरु प्रदान गरेको जनाएको छ ।


पुष्प दुलाल